च्यानल २ र च्यानल १ का सामग्री प्रायः उस्तै छन् । यो च्यानलमा पनि हामी नेपाली गद्य साहित्यका गद्य विधाहरु कथा, उपन्यास, निबन्ध, नियात्रा, निकथा, संस्मरण, आत्मकथा, एकालाप लगायतलाई समेटेर श्रव्य सामग्री बनाउँछौं ।
च्यानल २ मा औपचारिक रूपमा श्रव्य पुस्तकहरू अपलोड गर्न शुरु गरिएको मिति २०८० पौष २१ गते हो ।
विगत २५ वर्षदेखि नेपाली मिडियामा निरन्तर व्यवस्थापक, कार्यक्रम उत्पादक, तालिमकर्ताका रुपमा कार्यरत तथा कथा उपन्यास सुनाउने कार्यक्रम श्रुति संवेग, बुलबुलका प्रस्तोताका रुपमा चिनिँदै आएका सञ्चारकर्मी अच्युत घिमिरेले वाचन गरेका नेपाली साहित्यका पुस्तकहरुलाई यहाँ श्रव्य पुस्तकका रुपमा प्रस्तुत गरिएका छन् ।
च्यानल २ को PLAYLIST मा फूलको माला शीर्षकको श्रृंखला पनि भेट्न सकिन्छ । नेपाली साहित्यको कथा विधामा चर्चित समकालीन कथाकारहरूका कथालाई हामीले यो श्रृंखलामा समेट्ने गरेका छौँ ।
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
रामप्रसाद सापकोटा – आधा शताब्दी || संस्मरण ।
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
रानीफाल
२०७१ सालमा पहिलो पटक प्रकाशित कृति हो – "रानीफाल "उपन्यास । डा. शिवशंकर बस्यालको २०७७ मा प्रकाशित कृति "सङ्ग्रामपुर" (श्रव्य पुस्तक) लाई श्रोताले अत्यन्तै मन पराउनुभएपछि ३ हप्ता पनि पूरा नहुँदै हामीले उहाँको अर्को उपन्यास "रानीफाल" को पनि श्रव्य पुस्तक तयार गरेका छौं ।
नेपालका बाइसे चौबिसे राज्यहरूमध्ये तत्कालीन तामेकोट राज्यको भौगोलिक, आर्थिक र सामाजिक अवस्थाको मिठो गरी चित्रण गरिएको छ यो उपन्यासमा । उपन्यासमा आएका सन्दर्भ र स्थान पाँडेथान, गुर्सिनडाँडो, रानीपोखरी, ढुंगेकुवा, हात्तीस्थान, रानीफाल, चाक्से, भाल्थुम, जलुके लगायतका सबै सन्दर्भलाई घटनासँग नजिकको तथ्य भन्दै लेखक डा. बस्यालले लेख्नुभएको छ – पूरानो दरबार परिसरका भग्नावशेष र धातु प्रशोधनका क्रममा पुरिएका आज पनि पाइने तामा र फलामका किटहरू तामेकोटका जीवन्त दस्तावेज हुन् ।
"
रानीफाल " सुनेर हामीलाई प्रतिक्रिया दिनुहोला र मन परेको भए अरु साथीहरुलाई सुन्नका लागि सेयर गरिदिनुहोला । धन्यवाद ।
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
कुन्साङ काकाका कथा" श्रृंखला अन्तर्गत २०८१ पुष १० गते बुधबार चौबीसौँ कथा प्रस्तुत गरेका छौं । कथाको शीर्षक छ – हाँडीघोप्टेको जीतबाजी ।
बुलबुल कम्युनिकेसनको दोस्रो च्यानल "श्रुति संवेग (SHRUTI SAMBEG)" मा २०८१ असोज १९ गते शनिवारदेखि हरेक शनिवार र बुधबार नेपाली समय अनुसार साँझ ८ बजे उहाँको एउटा कथा प्रेमियर गरिरहेका छौं ।
नेपाली झर्रो साहित्य र लेखनमा खगेन्द्र संग्रौला एउटा उम्दा नाम हो । उहाँका कथा, निबन्ध, , उपन्यास, लेख र अन्य कुन पनि विधाका लाखौं पाठकहरूले उहाँलाई "कुन्साङ काका" उपनामले चिन्छन् । वि.सं. २००३ मंसीर १० गते पाँचथरको सुभाङ गाउँमा जन्मनुभएका संग्रौला अहिले पनि लेखनमा सक्रिय मात्रै नभएर युवादेखि प्रौढसम्मका सबै उमेर समूह माझ चर्चित हुनुहुन्छ ।
भिन्न भिन्न कालखण्डमा लेखेर विभिन्न पत्रपत्रिकामा छपाइसक्नुभएका कथाहरूको श्रव्य संस्करण (audio book) बनाउनका लागि लेखक खगेन्द्र संग्रौलासँग सहकार्य गर्न पाउँदा हामी गौरवान्वित छौं ।
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
तमोरका सुसेली
नेपालको सुदूर पूर्व ताप्लेजुङ, तमोरखोलामा जन्मेर अहिले प्रवासमा रहँदै आउनुभएकी जानु काम्बाङ लिम्बु कविता, गीत र आख्यानमा कलम चलाउनुहुन्छ । २०७८ सालमा पहिलो पटक प्रकाशित उहाँको नियात्रा संग्रह "फ्लान्डर्स फिल्डमा तमोरका सुसेली" श्रव्य पुस्तक (Audio Book) का रुपमा हामीले ल्याएका छौं ।
बुलबुल कम्युनिकेसनको दोस्रो च्यानल SHRUTI SAMBEG मा २०८१ असोज २५ गतेदेखि हरेक शुक्रवार र आइतबार नेपाली समय अनुसार साँझ ८ बजे यसै पुस्तकबाट उहाँको एउटा नियात्रा प्रेमियर गर्दै आएका छौं । पुस्तकभित्र संग्रहित १८ वटा नियात्रा सबैको श्रृंखलाबद्ध वाचन सकिएपछि सबै नियात्राहरुको संगालो एउटै अडियोमा ल्याउनेछौं ।
"फ्लान्डर्स फिल्डमा तमोरका सुसेली" श्रृंखला अन्तर्गत आज मंसिर १६ गते आइतबार सोह्रौँ नियात्रा प्रस्तुत गरेका छौँ । नियात्राको शीर्षक छ – बेलायतमा मेरा शनिबार आइतबार ।