च्यानल ४ मा हामीले नेपाली गजल कार्यक्रम बुलबुल प्रस्तुत गर्ने गरेका छौं । नेपाली गजल र गद्य साहित्यको प्रचारप्रसारका लागि निरन्तरताको अभियान "बुलबुल कम्युनिकेसन" को रात्री प्रस्तुतिका रूपमा युट्युब च्यानल Nepali Chhapro बाट प्रसारण हुँदै आएको बुलबुल कार्यक्रम २०५८ सालदेखि हालसम्म निरन्तर छ ।
२०८१ भदौ १२ गतेदेखि बुलबुल कम्युनिकेसनको रात्री प्रस्तुतिका रूपमा पुन: शुरूवात भएको यो कार्यक्रमले नयाँ र नौलो तरिकाले आफ्ना श्रोतामाझ दिइरहेको सेवाका कारण Nepali Chhapro च्यानलसँगै नेपालका विभिन्न ठाउँहरूमा रहेका एफएम स्टेशनहरूले पनि सहकार्य गरी एकैसाथ प्रसारण गरिरहेका छन् ।
कार्यक्रममा श्रोताका गजल, उत्कृष्ट श्रष्टाका गजल वाचनसँगै, गजलकारहरुसँगको अन्तरवार्ता, गजल वा अन्य विधाका साहित्यिक सूचना तथा जानकारी, रात्री गन्थनसँगै गजल लेख्ने तरिका र सिद्धान्तहरुबारे छलफल गरिन्छ ।
ताजा अंक
लोरी गजल संग्रह