बुलबुल कम्युनिकेसनका चार च्यानलहरूमध्ये च्यानल १ र २ मा प्रायः उस्तै सामग्रीहरू रहेका छन् । नेपाली गद्य साहित्यका विभिन्न विधाहरु कथा, उपन्यास, निबन्ध, नियात्रा, निकथा, संस्मरण, आत्मकथा, एकालाप लगायतलाई समेटेर हामीले पुस्तकहरुको श्रव्य सामग्री तयार गरेका छौँ ।
दुई अलग च्यानलमा श्रव्य पुस्तकहरु फरक फरक भए पनि यी दुवै च्यानलमा हामीले श्रव्य पुस्तक बनाउने साहित्यका विधा उस्तै हुन् ।
च्यानल १ मा औपचारिक रूपमा श्रव्य पुस्तकहरू अपलोड गर्न शुरु गरिएका्े मिति २०८० कार्तिक ५ हो ।
विगत २५ वर्षदेखि नेपाली मिडियामा निरन्तर व्यवस्थापक, कार्यक्रम उत्पादक, तालिमकर्ताका रुपमा कार्यरत तथा कथा उपन्यास सुनाउने कार्यक्रम श्रुति संवेग, बुलबुलका प्रस्तोताका रुपमा चिनिँदै आएका सञ्चारकर्मी अच्युत घिमिरेले वाचन गरेका नेपाली साहित्यका पुस्तकहरुलाई यहाँ श्रव्य पुस्तकका रुपमा प्रस्तुत गरिएका छन् ।
च्यानल १ को PLAYLIST मा सुनको माला शीर्षकको श्रृंखला पनि भेट्न सकिन्छ । नेपाली साहित्यको कथा विधामा ठूलो योगदान गरेर अहिले दिवंगत भइसक्नुभएका कथाकारहरूका कथालाई हामीले यो श्रृंखलामा समेट्ने गरेका छौँ ।
KARIYA | करिया || Audio Book || KRISHNA ABIRAL || ACHYUT GHIMIRE